रामेछाप ।   रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । घाईतेको अवस्था गम्भिर छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गुप्तेश्वरका ३२ बर्षिय रजिन सुनुवारले खुकुरी प्रहार गर्दा स्थानीय २७ बर्षिया एलिसा सुनुवार घाईते भएकी हुन् । गए राति उक्त घटना भएको हो ।

खुकुरी प्रहारवाट गम्भीर घाइते भएकी रजिनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार संभव नभए पछि हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 

उनका अनुसार युवक रजिन र युवती एलिसा एकै गाउँका हुन् ।  प्रहरीले खुकुरी प्रहार गर्ने युवक रजिन सुनुवारलाई नियन्त्रणमा लिएको छ भने घटनाका बिषयमा अनुसन्धान अघी बढाएको प्रहरीले जनाएको छ ।