भोली देखि बिपी राजमार्गमा राति गाडी चल्न नदिईने
4 महीना पहिले प्रकाशित
रामेछाप । रोशीको किनारमा रहेको बिपी राजमार्गमा बिहिबार देखि एक महिना सम्म रातिको समयमा सवारी साधन संचालन नहुने भएका छन् । काभ्रे प्रशासनले विपद्जन्य घटनाबाट हुन सक्ने जोखिम कम गर्नका लागि राजमार्गमा रात्रिकालिन यात्रालाई निषेध गरेको हो ।
मंगलबार काभ्रे जिल्लामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार साउन १ गते देखि साउन मसान्त सम्म साँझ ५ बजे देखि विहान ५ बजे सम्म काभ्रेको काभ्रेभन्ज्याङ देखि नेपालथोक सम्मको सडकमा सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न निषेध गरिएको हो ।
गत बर्षको असोजमा आएको बाढीले क्षतिविच्छेद भएको विपी राजमार्गलाई अस्थायी रुपमा खोला किनारमा ग्राभेल भरेर संचालनमा ल्याइएको छ । ठुलो बाढी आउदा उक्त अस्थायी सडक बगाउने त्रास रहेकै बेला विभिन्न स्थानमा सडक भन्दा दक्षिण तर्फको पाखोबाट झर्ने पहिरो र खोलाखोल्सीले बगाएर ल्याएको लेदोले बारम्बार राजमार्ग अवरुद्ध हुदै आएको छ । घण्टौ अवरुद्ध भएको राजमार्ग लाई सडक विभागले मेसिन लगाएर संचालनमा ल्याउन काम गर्ने गरेको छ ।
यसअघी सिन्धुली, रामेछाप र काभ्रेका सुरक्षा अधिकारीहरुको खुर्कोटमा बसेको बैठकले असार सम्मका लागि राजमार्गमा रात्रीकालिन यात्रालाई निषेध गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
