रामेछाप । रामेछाप नगरपालिका ४ को जनसक्रिय आधारभुत विद्यालय हिमगंगाका प्रअ निमवहादुर श्रेष्ठले आफ्नो वडाका २ वटा माध्यमिक विद्यालयबाट एसईई उत्र्तिण हुने विद्यार्थीहरुलाई यस बर्ष आफ्नो तलबबाट ५९ हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेका छन् ।
गाउँको शिक्षा विकासमा महत्वपूर्ण योगदान गर्दै आएका श्रेष्ठले एसईई परिक्षा अघी स्थानीय रेणुका देवि मावि धारापानीका विद्यार्थीलाई २८ हजार र महारुद्र मावि बोलङबोलङबाट परिक्षामा सामेल भएका विद्यार्थीहरुलाई ३१ हजार प्रोत्साहन स्वरुप पुरस्कार उपलव्ध गराएका हुन् । एसईई परिक्षा संचालन हुनु अघी उनले प्रथम द्धितिय र तृतिय का साथै उत्र्तिण हुने सवैलाई नगद पुरस्कार दिने घोषणा गरेका थिए ।
पूर्व घोषणा गरे बमोजिम उनले प्रथम हुनेलाई ५ हजारका दरले द्धितिय हुनेलाई ४ हजारका दरले तृतिय हुनेलाई ३ हजारको दरले, चौथो हुनेलाई २ हजारका दरले र उत्र्तिण हुने अरु सबै लाई जनहि १ हजारका दरले पुरस्कार वितरण गरेका हुन् । उक्त पुरस्कार केहि दिन अघी महारुद्र माविमा वितरण गरेका थिए भने रेणुकादेवि माविमा मंगलबार वितरण गरेका हुन् । श्रेष्ठले पुरस्कार रकम आफ्ना पिताको हातबाट वितरण गरेका थिए ।
शिक्षक श्रेष्ठले गत बर्ष स्थानीय रेणुकादेवि माविबाट एसईई उत्तिर्ण भएका १९ जनालाई जनहि ५ हजारका दरले ९५ हजार पुरस्कार वापत वितरण गरेका थिए ।
यसैविच रामेछाप नगरपालिका ४ धारापानी निवासी प्रदीप श्रेष्ठले रेणुकादेवि माविबाट एसईईमा उत्र्तिण सम्पूर्ण विद्यार्थीहरुलाई जनही ५ हजारका दरले नगद पुरस्कार उपलव्ध गराएका थिए । हाल अमेरिकामा रहेका श्रेष्ठले आफ्ना हजुरवुवाको हातबाट उक्त पुरस्कार उलव्ध गराएका हुन् ।
