खानेपानीमा लगाएको कर छुटको माग
4 महीना पहिले प्रकाशित
रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर लगाउने विषय समावेश भएकाले त्यसलाई कार्यान्वयन नगर्न देशभरका खानेपानी उपभोक्ता समितिहरु आन्दोलित भएका छन् ।
यसै सन्दर्भमा रामेछापको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पज्ञ वुझाएको छ । महासंघका जिल्ला अध्यक्ष लेखवहादुर कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको उपभोक्ता समितिका पदाधिकारीहरुको टोलीले प्रजिअ श्यामकृष्ण थापालाई ज्ञापन पज्ञ वुझाएको हो ।
ज्ञापन पत्रमा गैरनाफामुलक सामुदायिक संस्थाको रुपमा खानेपानी तथा सरसफाई सेवा उपलव्ध गराउन र त्यसलाई दिगो राख्न प्रयत्नसिल रहेको भन्दै संविधानले मौलिक हकको रुपमा राखेको खानेपानी जस्तो संवेदनशिल कुरामा कर लगाउने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा खानेपानीमा कर छुट र विद्युत महसुल छुट गरिदिन माग गरिएको छ । देशभर करिव ४५ हजार खानेपानी उपभोक्ता समितिहरुले नागरिकलाई स्वस्च्छ खानेपानी आपुर्तिका लागि स्वयंसेवि भूमिकाको रुपमा कार्य गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
