रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ आंै स्थापना दिवसका अवसरमा सोमबार जिल्ला सदरमुकाम मन्थलीमा रहेका अस्पतालमा उपचार गराइरहेका विरामीलाई फलफुल वितरण गरिएको छ ।

संघका अध्यक्ष जेएन दाहाल लगाएतका पदाधिकारीले तामाकोशी अस्पताल र मन्थली अस्पतालमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेको संघले जनाएको छ ।