रामेछाप । चिसापानीको जखनीटार हुदै गेलु तर्फ जाने सडकमा पर्ने बफर खोलामा निर्मित कजवे बाढीले बगाएको छ । आईतबार विहान आएको बाढीले कजवे वगाएपछि गेलु तर्फको आवागमन रोकिएको छ । उक्त खोलामा पुल नहुदाँ हरेक बर्ष यातायात संचालनमा कठिनाई हुदै आएको छ । दुई बर्ष अघी पनि उक्त खोलामा नगरपालिकाले निर्माण गरेको कजवे बगाएको थियो ।

प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालयले केहि अघी उक्त खोलामा कजवे निर्माण गरेको थियो । ह्यूम पाईप राखेर निर्माण गरीएको उक्त कजवे वाढिले क्षतविच्छेद वनाएको हो । स्थानीयले निर्माण कार्यमा गुणस्तर र उचित डिजाईन नहुदाँ बाढीले निर्माण सकिएको केहि दिनमानै संरचना बगाएको आरोप लगाएका छन् ।