+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्थली र आसपासका क्षेत्र हिलो र धुलोबाट मुक्त हुदै

4 महीना पहिले प्रकाशित

रामेछाप । केहि बर्ष अघी सम्म हिलाम्मे र धुलाम्मे हुने रामेछापको मन्थली बजार र आसपासका क्षेत्र कालोपत्र सडकले बदलेको छ । सर्वसाधारणले अव मन्थली आसपास हिलो र धुलोको समस्या झेल्नु पर्नेछैन् ।

शहरी क्षेत्र र ग्रामिण क्षेत्रका सडकहरु क्रमस कालोपत्र गर्ने योजना हरेक बर्ष बडी रहेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा शहरी र शहर बाट ग्रामिण क्षेत्रमा जाने सडक पूर्वाधारहरुमा सुधार भएको हो ।

मन्थलीमा पुष्पलाल मार्ग अन्तरगत खिम्ती मन्थली सेलेघाट सडकको मर्मत तथा विस्तारमा सडक विभागले केहि बर्ष अघी देखि लगानी गर्दै आएको छ । त्यसबाहेक मन्थली नगरपालिकाले देवकोटा चोक देखि बसपार्क सम्मको सडकलाई कालोपत्र गरेको छ ।

संघीय सरकारको शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रम मार्फत देवकोटा चोक देखि रणजोर खोलापुल सम्म, कार्यालय क्षेत्रको चक्रपथ, नगरपालिकाबाट हाटेचौर हुदै ट्राफिकचोक, बजार पूर्व तर्फको सहायक सडक, भैंसेश्वर चक्रपथ, बसपार्क देखि नागकन्या मावि र ट्राफिकचोक देखि दाहालगाउँ जाने सडकको पूर्वाधारमा लगानी गरेको छ ।

शहरी क्षेत्रको सुविधा थप्ने र ग्रामिण क्षेत्रलाई शहरी पूर्वाधारको विकास गरी वस्ती विस्तार गर्ने योजनाका साथ सघन शहरी विकास कार्यक्रमले उक्त योजनाहरुमा लगानी गरेको हो । झण्डै ३ बर्ष अघी देखि संचालन भएको शहरी विकास कार्यक्रम सम्पन्न भएको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुमन सालिकेले वताए ।

उक्त कार्यक्रमबाटै सानीमदौंमा बहुउद्धेश्यिय सामुदायिक सभाहल, चिसापानीको वडा कार्यालय भवन, फुलासी पोखरीको हाट वजार , बसपार्क क्षेत्रको सुधार विस्तार र सिक्राल देखि खिम्ती सम्मको फुटट्रेलको निर्माण गरिएको सालिकेले वताए ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भएका विकास निर्माण र पूर्वाधार विकासको कामले केहि बर्षमानै मन्थली र आसपासका क्षेत्रका बासिन्दाले सुगमताको महसुस गर्न थालेको वताए । उनले विगतमा सडक, बसपार्क लगाएतका क्षेत्रमा देखिने गरेका समस्या अव हटेर गएको वताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले