+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

राष्ट्रिय परिचय पत्रका लागि गाउँ गाउँमा टोली खटाईने

4 महीना पहिले प्रकाशित

रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने निर्णय गरे सगैं जिल्ला प्रशासन कार्यालयले आउने साउनमा फेरी गाउँमा परिचय पत्र बनाउनका लागि टोली खटाउने भएको छ ।

परिचय पत्र नभएका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने अवस्था आउने भएपछि प्रशासनले उक्त अग्र्रसरता देखाएको हो । जिल्लाका दुर्गम स्थानबाट वृद्धबृद्धा, अपाङग लाई जिल्ला सदरमुकाममा ल्याएर परिचय पत्र बनाउन कठिनाई थियो । प्रशासनले टोली खटाएपछि तिनीहरुले सुविधा पाउने छन् । परिचय पत्रका लागि आफै उपस्थित हुनै पर्ने बाध्यकारी अवस्थाका कारण कतिपयले उक्त सेवा लिन सकिरहेका थिएनन् ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले साउनमा कार्यालयमा सेवा लिन आउनेको संख्या न्यून हुने गरेका अघील्ला बर्षहरुको अनुभवको आधारमा त्यहि समयलाई सदुपयोग गर्दै टोली गाउँमा पठाउने जानकारी गराएका छन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले दुई बर्ष अघी रामेछाप जिल्लाका सवै वडाहरुमा परिचय पत्रका लागि टोली खटाएको थियो । त्यसबेलामा सेवा लिन छुटेका र त्यसपछि नागरिकता प्राप्त गरेकाले अव सुविधा पाउने छन् । जिल्ला प्रशासन कार्यालयको हातामा पनि परिचय पत्र बनाउने कार्य हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले