रामेछाप । मन्थली माविमा अध्यापन गर्ने ३४ जना शिक्षकहरुलाई शुक्रबार एकै साथ सम्मान गरिएको छ । माविमा लामो अवधि देखि शिक्षण पेशामा आवद्ध शिक्षकहरुलाई सम्मान गरिएको हो ।

विद्यालयको कक्षा १०,८ र ५ कक्षामा अध्यापन गर्ने शिक्षकहरुलाई मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकी र मन्थली नगरपालिकाका पूर्व नगर प्रमुख रमेशकुमार वस्नेतले सम्मान र पुरस्कृत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई प्रबोधिकरण समेत गरिएको थियो ।