+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

कुलायनको गुरु चेलाहरुबाट सम्मानित

4 महीना पहिले प्रकाशित

रामेछाप । बिहिबार गुरु पुर्णिमाको अवसरमा सामाजिक सञ्जालमा धेरैले आफ्ना गुरु सम्झदै उनीहरु प्रति नमन गरे । उनीहरुले आफुलाई कखरा सिकाउने गुरु देखि माता पिता सम्मका फोटो पोष्ट गरे ।

एकातिर सामाजिक संजालमा गुरु सम्झनेले पोष्ट गरेका कुरामा प्रतिक्रिया आईरहदा अर्कातिर मन्थली नगरपालिकाको सभा हलमा एउटा गुरु भने खादा र मालाले पुरिएका थिए । उनी कखरा सिकाउने गुरु नभएर कुल बोलाउने अर्थात कुलायन गुरु थिए । जसको नाम हो – दिपक खड्का । उनी नेपाली काँग्रेस रामेछापका सचिव समेत हुन् ।

परम्परा देखि कुल पुजा गर्दै आएकाले आफ्नो कुलको पहिचान गर्न पाएका थिएनन् । कुल पुजा त गर्ने तर कुल कसैमा नउत्रिने बेलामा दिपक खड्काले रामेछाप मात्र हैन, आसपासका धेरै जिल्लामा पुगेर दर्जनौ थरका कुल उतारे । कुल पुजा गर्नेलाई त्यो भन्दा बढी खुसीको कुरा अरु हुन सकेको थिएन् । खड्काले त्यति मात्र गरेनन्, कयौं युवाहरुलाई कुलको धामि बनाईदिए । उनिहरुलाई धार्मिक पहिचान दिए ।

कुल पुजामा कुल उतार्न जता बोलायो कुनै अफ्ठेरो र कठिनाई नमानेर उतै पुग्ने खड्का महिनौ निस्वार्थ खट्ने गर्छन् । कुनै एउटा जातिको देवालीमा कुल बोलाउने काममा तीन दिन सम्म उनी मन्त्र फलाक्दै खाली खुट्टा उफ्रन्छन् । घोक्रो सुकेको र जिउ थिलथिलो भएको सँग उनलाई कुनै ख्याल हुदैन्, उनको एउटै स्वार्थ हुन्छ, कुल उतार्ने । त्यसबाट उनले केहि अपेक्षा पनि राख्ने गरेका छैनन् । जिल्लाबाट धेरै टाढा बोलाउदा पनि पुग्ने खड्कालाई कसैले पैसा दियो भने लिदैनन् । कुलका लागि खर्च गर्नु भनेर उतै सुम्पने गर्छन् ।

केहि बर्ष देखि निस्वार्थ कुलको सेवामा खटेका तिनै खड्का बिहिबार आफ्ना चेलाहरुको सम्मानले पुरिएका थिए । खड्काले धार्मिक कार्य समाजमा पु¥याएको योगदानको उनका चेलाहरुले उच्च प्रशंसा गरेका थिए । उनी आफ्ना अनेक जात जातिका चेताहरुको बिचमा घेरिएका थिए । दुबोको माला, दोसल्ला र काँध भरिका खादाले उनलाई थप जिम्मेवारीको भारीले किचेको महशुस भइरहेको थियो । सम्मान पछि उनले भने – कुलायनको सेवामा मेरो लगाव अविछिन्न रहनेछ ।

गुरुपुर्णिमाको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको नाम थियो – कुलायन गुरु श्री दिपक खड्का सम्मान तथा चेला परिचय कार्यक्रम । उक्त कार्यक्रमहरुलाई खड्कालाई चेलाहरुले सम्मान पत्र, खादा माला नगद पुरस्कार प्रदा गरे । साथै उनीहरुले धार्मिक आश्था अभिवृद्धि गरी कुलायनको लागि भविष्यमा कार्य गर्न कुलायन गुरु खड्काको नाम समावेश गरी फाउण्डेशन दर्ता गर्ने र सो संस्था मार्फत समाजमा धार्मिक कार्यक्रम गर्ने उद्घोष गरेका छन् । जिल्लामा यो प्रकारको कार्यक्रम र सम्मान पहिलो पटक भएको हो । यसअघी कुलका गुरुहरुलाई कुल उतार्ने समयमा कुनै जाति विषेशले सम्मान गरेका भएपनि सवै जात जातिले कुलायन गुरु मानेर गुरु पुर्णिमाकै दिन सम्मान गरिएको भने थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले