+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

एकै थलोमा दुई थरी उपचार सेवा

4 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली अस्पताल संचालन भइरहेको रामेछापको मन्थली १ आकाशेमा अव आयुर्वेद उपचार सेवा समेत थप भएको छ ।

यसअघी गडुवारीको घारीटाेलमा संचालन हुदै आएको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय मन्थली अस्पतालकै हातामा सरेर सेवा संचालन गर्न थालेको छ ।
एलोपेथिक सेवा लिन मन्थली अस्पतालमा पुगेका सर्वसाधारणले रोगीहरुले अव माथिल्लो साविकको पुरानो भवनबाट आयुर्वेदिक सेवा लिन सक्ने भएका छन् । अव आयुर्वेदमा विस्वास राख्ने विरामीलाई मन्थली अस्पतालले त्यस तर्फ पठाउने छ भने एलोपेथिकमा विस्वास राख्ने विरामीलाई आयुर्वेदले मन्थली अस्पतालमा जान सल्लाह दिने छ । दुवै निकाय बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतका हुन् ।

प्रदेश सरकारले जिल्लामा आयुर्वेद सेवा संचालन गर्न अव कम्तिमा १६ सैयाको सेवा संचालन गर्नुपर्ने मापदण्ड बनाएपछि आयुर्वेद तथा बैकल्पिक चिकित्सालय रामेछापलाई भवनको व्यवस्थापनको कुरा चुनौतिको पहाड बनेको थियो । मन्थली अस्पताल केहि महिना अघी मात्र नयाँ भवनमा सरेकोले साविकका पुराना भवनहरु खाली रहेका थिए ।

मन्थली नगरपालिका र मन्थली अस्पताल व्यवस्थापन समितिले आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले आफ्नो बैकल्पिक व्यवस्था नगन्जेलका लागि भवन उपलव्ध गराउने निर्णय गरेका थिए । आयुर्वेदलाई उपलव्ध गराएका भवन मन्थली अस्पतालकै नाममा रहेको जग्गामा रहेका छन् । मन्थली अस्पतालको पुरानो घरमा आयुर्वेद सरेपछि जिल्लाबासीलाई एकै साथ दुईटा फाईदा पुगेको छ । पहिलो उपचारका लागि एक स्थानमा पुग्दा दुवै सेवा लिन सकिने र दोश्रो आयुर्वेदको पनि १५ सैयाको सेवा विस्तारका कारण थप उपचार मिल्ने भएको हो ।

झण्डै २० बर्ष अघी मन्थलीमा निर्माण भएको सानो भवनमा संचालन रहेको आयुर्वेद चिकित्सालयले अव थप स्वास्थ्य पुर्वाधार, उपकरण र जनशक्ति थपेर सेवा संचालन गर्ने उक्त चिकित्सालयका अध्यक्ष नबराज पथिकले वताएका छन् । उनले आयुर्वेद सेवा पछिल्लो समय सर्वसाधारणको रोजाईमा पर्न थालेकोले व्यवस्थापन पक्षले भइरहेका सेवाका अतिरीक्त थप सेवा संचालनका लागि पहल थालेको वताए । चालु आर्थिक बर्षमा झण्डै ३० हजार सर्वसाधारणले आयुर्वेदको सेवा प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले