+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको अनुरोध

5 महीना पहिले प्रकाशित

रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना प्रकाशन गरी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सिन्धुपाल्चोकबाट मङ्गलवार जारी सूचना उल्लेख गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा बर्षा भइरहेको र मङ्गलवार राति बढी बर्षा हुन सक्ने सम्भावना रहेकोले सुनकोसी नदीसमेतको आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन सजक गराइन्छ सूचनामा भनिएको छ ।


सुनकोशी नदीमा आउन सक्ने बाढीबाट रामेछाप जिल्लाको सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका, रामेछाप नगरपालिकाको सुनकोसी नदी किनारको वस्ती र वर्षा यामको समय भएकोले अन्य नदीहरुको किनारको वस्तीमासमेत जोखिम हुनसक्ने भन्दै नदीको तटीय क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुले सर्तकता अपनाउनु हुन अनुरोध गरिन्छ, जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचनामा भनिएको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र मङ्गलबार राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जनाएका छन् ।
जसका कारण भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले