शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
5 महीना पहिले प्रकाशित
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बोर्ड र फोहोर संकलन गर्ने फलामे बाकस राखिएको छ ।
शैलुङ घुम्न जाने पर्यटकहरुले बोकेर जाने जङ्क फुडका प्याकेट, फलफुलका बोक्रा, सियो पेय पदार्थ, वियर र पानीका बोटल लगाएतका फोहोर जथाभावि फाल्ने क्रम बढेपछि सचेतना र संकलन गर्न थालिएको हो ।
दुवै जिल्लाको बाटो भएर शैलुङ घुम्न आउने पर्यटकले फोहोर गर्ने गरेको तर कुन जिल्लाले त्यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा बर्षौ देखि विवाद हुदै आएको छ । शैलुङको सिमा विवाद समेत रहेकोले त्यसै संग जोडिएका विषयहरुमा पनि विवाद रहेको स्थानीयले वताएका छन् ।
केहि बर्ष अघी शैलुङको टाकुरामा निर्मित भ्यू टावर भित्रै दिशा पिसाव गरेको अवस्था थियो । तर उक्त भ्यू टाावरलाई सफाई गरी बौद्ध धर्मगरु वस्न थालेपछि टावर भित्रको फोहोर रोकियो । तर बाह्य क्षेत्रमा जताततै फोहोर हुने क्रम भने रोकिएन ।
डिभिजन बन कार्यालय रामेछापले शैलुङमा पुगेर सचेतनाको होडिङ वोर्ड राख्नुका साथै फोहोर संकलनका लागि फलामे बाकस राखिदिएको छ । तर स्थानीय स्तरमा निगरानी गर्ने समूह नभएकाले फोहोर मैला रोकिनेमा स्थानीयले शंका गरेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
