+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्न

5 महीना पहिले प्रकाशित

रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले मानवअधिकार प्रवर्धनमा युवाहरूको भूमिका अत्यन्तै महìवपूर्ण रहेको बताए । उनले स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्दा अभियानहरू अझ प्रभावकारी हुने बताए ।


सामाजिक अभियन्ता गोविन्द घिमिरेले ग्रामीण भेगमा मानवअधिकारको अवस्था अझै पनि संवेदनशील रहेको भन्दै शिक्षा, स्वास्थ्य, न्याय र लैङ्गिक समानतामा अझ धेरै काम गर्न बाँकी रहेको बताए । एमनेस्टी इन्टरनेशनलको ध्यान विकास, बजेटतर्फ आकर्षित नभएको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको घिमिरेको भनाइ छ ।


एमनेस्टी इन्टरनेशनल नेपाल रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले विश्वव्यापी मानवअधिकार चुनौतीको सन्दर्भमा एमनेस्टीले खेलेको भूमिकाबारे जानकारी गराएका थिए । स्थानीय स्तरको सक्रियता प्रशंसनीय रहेकोसमेत उनले बताए । त्यस्तै, मानवअधिकार विज्ञ डा. सुमन कर्माचार्यले मानवअधिकारका सार्वभौम मूल्यहरूलाई व्यवहारमा लागू गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । नीतिगत सुधार, जनचेतना अभिवृद्धि र युवाको नेतृत्व विकासमा एमनेस्टीको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो ।


साधारण सभामा प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत गरिनुका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गरिएको छ । सहभागीहरूबाट समूहगत छलफलमार्फत सुझावहरू सङ्कलन गरिएको थियो भने सङ्गठनात्मक सुदृढीकरण र अभियान प्रवर्धनका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरूले मानवअधिकारका मूल्य र सिद्धान्तलाई जीवनशैलीमा उतार्ने प्रतिबद्धता जनाएका छन् । उक्त साधारण सभा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षता सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले