काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण
5 महीना पहिले प्रकाशित
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरमा रहेको निलकण्ठेश्वर माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई ट्याकसुट वितरण गरेका छन् ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा नेता चौलागाईले उक्त माविमा कक्षा ईसिडि देखि १२ सम्म अध्ययन गर्ने ४ सय विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरेका हुन् । उनले मन्थली नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका सवै सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई ट्याकसुट वितरण गर्ने योजना अघि सारेका छन् ।
नेता चौलागाईले केहि बर्ष अघी देखि रामेछाप जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कम्प्युटर, प्रिन्टर, लगाएतका सामाग्री समेत सहयोग गर्दै आएका छन् । जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई यस अघी पनि उनले सयौं सेट ट्याकसुट वितरण गरीसकेका छन् ।
ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई ट्याकसुट उपलव्ध गराउदा शैक्षिक अवस्थामा सुधार ल्याउन थोरै भएपनि सहयोग पुग्ने आशाका साथ चौलागाईले उक्त अभियान सुरु गरेका थिए ।
यसैविच समाजसेवि चौलागाईलाई निलकण्ठेश्वर मावि कठजोरले सम्मान गरेको । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद अधिकारी र प्रअ कुशप्रसाद दाहालले निकलण्ठेश्वर माविको शैक्षिक गुणस्तर कायम गराउनका लागि चौलागाईले पुर्याएको योगदानका लागि कदरपत्र समेत प्रदान गरेका थिए ।
निलकण्ठेश्वर मावि कठजोरका प्रअ कुशप्रसाद दाहालले समाजसेवि चौलागाईको सहयोगले ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई ठुलो सहयोग पुगेको वताए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
