रामेछाप । एसईई परिक्षा २०८१ मा रामेछाप जिल्लाबाट ४ जिपीए ल्याउने एक मात्र छात्रा मन्थली माविकी सोफिया श्रेष्ठलाई सम्मान गर्ने क्रम थपिदो छ ।

श्रेष्ठलाई नगद पुरस्कार सहित नेपाली काँग्रेस रामेछापले सम्मान गरेको भोलीपल्टै नेकपा माओवादी केन्द्रले समेत घरमै पुगेर सम्मान गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले उत्कृष्ट छात्रा सोफियालाई सम्मान गरेका हुन । यसअघी काँग्रेसका जिल्ला सभापति तथा पूर्व राज्य मन्त्री पूर्णवहादुर तामाङ    (कान्छाराम ) ले उनीलाई सम्मान गरेका थिए ।

त्यसैगरी मन्थली वडा नम्बर १ ले पनि सोफिया श्रेष्ठलाई सम्मान गरेको छ । वडा अध्यक्ष होमप्रसाद पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् ।