रामेछाप । खिम्ती जलविद्युत आयोजनाका सुरक्षागार्ड निर्मल बुढाथोकीको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमामा रहेको पलाते खोलामा पौडीखेल्ने क्रममा डुबेर मृत्यू भएको छ । बुधबार डिउटी सकेर पौडी खेल्न गएका बुढाथोकीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

गुल्मी जिल्लाको सत्यवति गाउँपालिका ८ का बुढाथोकीको शव पोष्टमार्टमका लागि मन्थली अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।