रामेछाप । राष्ट्रिय परिक्षा बोर्डले संचालन गरेको २०८१ सालको एसईई परिक्षामा उच्च अङ्क ल्याएर रामेछाप जिल्ला प्रथम भएकी मन्थली माविका छात्रा सोफिया श्रेष्ठ बुधबार सम्मानित भएकी छिन् । उनले ४ जिपिए ल्याएकी थिईन् ।
सामुदायिक विद्यालय मन्थली माविकी छात्रा श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति तथा पूर्व उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम) ले उनकै निवास पुगेर पार्टीको तर्फबाट नगद पुरस्कार र सम्मान गरेका हुन् । उनले श्रेष्ठको सफलताले परिवार, पार्टी र जिल्लाको नाम उँचो बनाएकोमा प्रशंसा गरे । उनले उच्च शिक्षाका लागि आफ्नो तर्फबाट सहयोग हुने आश्वासन समेत दिएका थिए ।
