शिक्षकहरु राजनितीबाट टाढै बसौं – कान्छाराम
5 महीना पहिले प्रकाशित
रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति तथा सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले शिक्षकहरुलाई राजनीतिबाट टाढा बस्न आग्रह गरेका छन् ।
शिक्षकहरुले गुणस्तरिय शिक्षा प्रदान गरी भविष्यका कर्णधारहरु उत्पादन गर्ने हो, राजनीति गर्ने होईन तामाङले भने – राजनिती पार्टीका नेताले गर्छन् । उनले भविष्यमा डाक्टर, ईन्जिनियर, पाईलट र कार्यालय प्रमुखहरु शिक्षकहरुकै कारण बन्ने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।
रामेछाप नगरपालिकाले मंगलबार रामेछापमा आयोजना गरेको अनिवार्य तथा निशूल्क शिक्षा घोषणा कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेका कान्छारामले भने – शिक्षकहरुले चुनावमा मन लागेको पार्टी र नेताहरुलाई भोट हाल्न छुट छ, तर राजनिती गर्ने छुट छैन् ।
उनले यस बर्षको एसईईको नतिजा राम्रो रहेको भन्दै आगामी बर्षको त्यस भन्दा पनि राम्रो हुनुपर्नेमा जोड दिए । सांसद तामाङले संघीय संसदमा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयक चाडो पारित गर्ने अवस्थामा रहेको वताए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले अनिवार्य तथा निशूल्क शिक्षा घोषणा भएपनि त्यसलाई व्यवहारमा उतार्न सवै पक्षको सहयोगको अपेक्षा रहेको वताए । अरुलाई दोष देखाएर उम्कने अवस्था नभएको भन्दै सवैले आ आफ्नो स्थानबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
