रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति तथा सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले शिक्षकहरुलाई राजनीतिबाट टाढा बस्न आग्रह गरेका छन् ।
शिक्षकहरुले गुणस्तरिय शिक्षा प्रदान गरी भविष्यका कर्णधारहरु उत्पादन गर्ने हो, राजनीति गर्ने होईन तामाङले भने – राजनिती पार्टीका नेताले गर्छन् । उनले भविष्यमा डाक्टर, ईन्जिनियर, पाईलट र कार्यालय प्रमुखहरु शिक्षकहरुकै कारण बन्ने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।
रामेछाप नगरपालिकाले मंगलबार रामेछापमा आयोजना गरेको अनिवार्य तथा निशूल्क शिक्षा घोषणा कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री समेत रहेका कान्छारामले भने – शिक्षकहरुले चुनावमा मन लागेको पार्टी र नेताहरुलाई भोट हाल्न छुट छ, तर राजनिती गर्ने छुट छैन् ।
उनले यस बर्षको एसईईको नतिजा राम्रो रहेको भन्दै आगामी बर्षको त्यस भन्दा पनि राम्रो हुनुपर्नेमा जोड दिए । सांसद तामाङले संघीय संसदमा विचाराधिन अवस्थामा रहेको शिक्षा विधेयक चाडो पारित गर्ने अवस्थामा रहेको वताए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले अनिवार्य तथा निशूल्क शिक्षा घोषणा भएपनि त्यसलाई व्यवहारमा उतार्न सवै पक्षको सहयोगको अपेक्षा रहेको वताए । अरुलाई दोष देखाएर उम्कने अवस्था नभएको भन्दै सवैले आ आफ्नो स्थानबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।
