+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पुराना योजनामा पैसा हालेर झुक्याईयो – तामाङ

5 महीना पहिले प्रकाशित

रामेछाप । शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२।८३ का लागि विनीयोजन गरेको बजेटमा रामेछाप जिल्लाका पुरानो दायित्वको भुक्तानी गर्नमा बढी केन्द्रीत रहेको पाइएको छ ।

रामेछापबाट प्रतिनिधित्व गर्ने सांसद तथा पूर्व राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) ले शहरी विकास मन्त्रीले सदनमा प्रश्तुत गरेको गलत र भ्रमपूर्ण तथ्याङ्कले मर्माहत वनाएको बताएका छन् । उनले रामेछापमा नगन्य र अन्यायपूर्ण बजेट विनीयोजन भएको भन्दै जिल्लामा प्राप्त योजनाहरुको फेहरिस्तनै प्रकाशित गरेका छन् ।

तामाङले रामेछापबासीका नाममा अपिल जारी गर्दै उक्त मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विनीयोजन गरेको भनिएको बजेट मध्ये अधिकांश पुराना दायित्व भुक्तानी गर्नुपर्ने बजेट रहेको उल्लेख गरेका छन् । उनले कुल रामेछाप जिल्लाका लागि बिनियोजित ६५ करोड २९ लाख बजेटमा ५५ करोड ७८ लाख पुराना    योजनाहरुका लागि रहेको र ९ करोड ५१ लाख नयाँ योजनाका लागि बिनीयोजन भएको स्पष्ट पारेका छन् । क्रमागत र केहि बर्ष अघी निर्माण सम्पन्न भएका योजनाहरुको नाममा विनीयोजित भएको बजेटले जिल्लाबासीले थप कुनै सुविधा नपाउने उनले उल्लेख गरेका छन् ।

शहरी विकास मन्त्रालयबाट बजेट बिनीयोजन भएका स्वास्थ्य भवन निर्माण, सडक, शहरी पूर्वाधार, घाट निर्माण लगाएतका योजनाहरु बर्षौ पुराना हुन् । हामीले खोजेको नयाँ र नागरिकले चाहेका योजनामा बजेट परोस भन्ने हो तामाङले भने – बजेटको थुप्रो देखाएर झुक्याइएको छ । उनले जिल्लाको चौतर्फि विकासका साथै सत्य र न्यायका लागि सधैं लडिरहने वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले