रामेछाप । अबिरल बर्षा पछि आएको लेदो सहितको बाढीले बिपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका ९ मा पर्ने नार्के नजिक सडकमा लेदो थुप्रिदा एउटा सवारी साधन पुरिएको छ भने अरु केहि फसेका छन् ।

सडक माथिबाट झरेको बाक्लो लेदो थुप्रिदा सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ । सडकमा जम्मा भएको लेदो फाल्नका लागि डोजर प्रयोग भएकोले केहि समयमा आवागमन खुलाउन सकिने आशा प्रहरीले गरेको छ । पानी परिरहेकोले थप क्षति हुन बाट जोगिएर यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

उक्त स्थानमा यस अघी पनि माथिल्लो भाग बाट लेदो झरेर सडक अवरुद्ध हुदै आएको थियो । माथिल्लो क्षेत्रमा सडक निर्माण गरेकाले उक्त माटो लेदोको रुपमा आएको स्थानीयले जनाएका छन् । सडक विभागले रोशीको बाढीबाट राजमार्गलाई जोगाउन गरेको प्रयासले भने अहिले सम्म काम गरेको छ । रोशीको कटानका कारण सडक अवरुद्ध भएको छैन् ।