लेदो सहितको बाढीले बिपी राजमार्ग अवरुद्ध
5 महीना पहिले प्रकाशित
रामेछाप । अबिरल बर्षा पछि आएको लेदो सहितको बाढीले बिपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका ९ मा पर्ने नार्के नजिक सडकमा लेदो थुप्रिदा एउटा सवारी साधन पुरिएको छ भने अरु केहि फसेका छन् ।
सडक माथिबाट झरेको बाक्लो लेदो थुप्रिदा सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ । सडकमा जम्मा भएको लेदो फाल्नका लागि डोजर प्रयोग भएकोले केहि समयमा आवागमन खुलाउन सकिने आशा प्रहरीले गरेको छ । पानी परिरहेकोले थप क्षति हुन बाट जोगिएर यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
उक्त स्थानमा यस अघी पनि माथिल्लो भाग बाट लेदो झरेर सडक अवरुद्ध हुदै आएको थियो । माथिल्लो क्षेत्रमा सडक निर्माण गरेकाले उक्त माटो लेदोको रुपमा आएको स्थानीयले जनाएका छन् । सडक विभागले रोशीको बाढीबाट राजमार्गलाई जोगाउन गरेको प्रयासले भने अहिले सम्म काम गरेको छ । रोशीको कटानका कारण सडक अवरुद्ध भएको छैन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
