+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुविधा नपुगेकाे भन्दै गाउँ बस्न मान्दैनन् चिकित्सक

5 महीना पहिले प्रकाशित

रामेछाप । दोरम्बा अस्पतालमा चिकित्सक नभएको केहि महिना भएको छ । छात्रवृतिमा अध्ययन पछि अनिवार्य रुपमा सरकारी अस्पतालमा काम गर्नुपर्ने शर्तमा सरकारले पठाएका चिकित्सक हिडेपछि दोरम्बा अस्पताल सहायक स्तरका स्वास्थ्यकर्मीको भरमा संचालन हुदै आएको छ ।

दोरम्बामा चिकित्सक नबसेको यो पहिरो पटक भने हैन् । चिकित्सकहरु आउने र जाने क्रम निरन्तर जस्तो हुने गरेकाले दोरम्बा शैलुङ गाउँपालिकाका बासिन्दाले स्थानीय स्तरमा चिकित्सकको सेवा पाउन नसकेका हुन् । गाउँपालिकाले चिकित्सक राख्नका लागि आवश्यक वातावरणनै नबनाएकोले यस्तो समस्या दोरम्बामा दोहोरिरहेको स्थानीयको दावि छ ।

दोरम्बा अस्पतालमा आउने सरकारी चिकित्सकलाई दुईटा कुरामा स्थानीय सरकारले सघाएन । एक स्थानीय बासिन्दा भन्छन् – पहिलो कुरा सरकारले दिने भन्दा थप सुविधा ( पैसा ) दिएन र दोश्रो कुरा चिकित्सकले चलाउने औषधि खरिद गरीदिएन । अहेवले चलाउने जस्ता सरकारले निशूल्क दिने औषधि चलाउन त डाक्टर किन चाहियो ? उनले प्रश्न गरे ।

पालिका स्वास्थ्य क्षेत्रमा संवेदनशिल नहुदा स्थानीय बासिन्दालाई भने सामान्य रोगले थलिदा धुलिखेल र काठमाडौं पुग्नु पर्ने बाध्यता छ । जनजाति र सामान्य आर्थिक अवस्था भएका स्थानीयलाई धुलिखेल र काठमाडौंका अस्पताल पुग्दा ऋण गर्नुपर्ने बाध्यता छ । पालिकामै औषधिमुलो गर्न सकेका छैनौं डडुवाका थिरलाल थामीले भने – केहि भईदियो भने काठमाडौ नपुगि धरै छैन् ।

अन्यत्र स्थानीय तहमा वसेका समान योग्यता भएका चिकित्सकले स्थानीय स्तरमा निर्णय गराएर तलवको दोब्बर सम्म थप सेवा सुविधा पाउने भएपनि दोरम्बाले त्यस्तो सुविधा नदिदा चिकित्सक वस्न मान्दैनन् । ‘सरकारले दिएको तलव स्केलले कोहि नबस्ने भए, हामीले सेवा सुविधा नपाउने भयौ’ तिनले भने – पालिकाले वास्तै गरेन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश महतो आफै स्वास्थ्यकर्मी हुन् । उनले चिकित्सकलाई तलव थप नदिएको र आवश्यक औषधि भनेको बेलामा नल्याएको स्वीकारे । औषधि प्रयाप्त मात्रामा खरिद गर्न समयमानै बजेट खर्च हुदैन् । गत बर्ष औपधि खरिदका लागि विनियोजन भएको बजेट खर्च हुन नसकेको तर स्थानीयले औषधि नपाएको कुरामा महतोलाई पनि चित्त वुझेको छैन् । तर यो बर्ष केहि भएपनि औषधि खरिद गरेको उनले वताए ।

दोरम्बा अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलव्ध छन् । तर तिनको संचालनका लागि जनशक्तिको अभाव छ । ल्याव र रेडियोलोजिष्ट जस्ता प्राविधिक पद हम्मेसी मानिस हुदैनन् । जसले गर्दा चिकित्सकको सेवा प्रभावित हुने गर्छ । यस अघी दोरम्बामा पुग्ने चिकित्सकले गाउँपालिकामा स्वास्थ्य क्षेत्रका लागि आवश्यक औषधि, जनशक्ति र उपकरणको माग गरेका थिए । केहि सम्बोधन भएपनि अधिकांश मागमा पालिकाले चासो राखेन ।

‘डाक्टर राख्न मन हुनेले डाक्टरलाई आवश्यक सेवा सुविधा, उसका लागि आवश्यक पर्ने सहायक प्राविधिक जनशक्ति र औषधि पनि त्यहि बमोजिमको खरिद गरीदिनुपर्छ’ स्थानीय मिनवहादुर लामा भन्छन् – हैन भने नारा र रहरले मात्र स्वास्थ्य संस्थामा चिकित्सक वस्दैनन् , दोरम्बामा भएको यहि कुरा नपुगेर हो ।

छिमेकी खाँडादेवि गाउँपालिकाले पकरवासमा चिकित्सक राखेको छ । झण्डै ३ बर्ष देखि पकरवासमा चिकित्सक सेवा थालेको पालिकाले नियमित डाक्टर राख्न भने समस्या झेल्नु परेको छ । करिव २० महिना काम गरेका चिकित्सक पढनका लागि नाम निकालेर हिडेपछि ६ महिना जस्तो पकरवासमा डाक्टर भएनन् । पालिकाले सूचना निकालेर असोज देखि अर्को चिकित्सक भर्ना गरेको छ । असोज देखि अहिले सम्म पकरवासमा चिकित्सक अभाव छैन् । बस्न क्वार्टर र मासिक १ लाख तलव पालिकाले डाक्टरका लागि खर्चेको छ । उक्त तलव सरकारी स्केल भन्दा झण्डै दोब्बर हो । दोरम्बाले यहि सुविधा नदिदा डाक्टर नबसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले