रामेछाप । राष्ट्रिय धान दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाले वडा नम्बर ८ को जखनिटारमा सामुहिक रोपाई कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्का कार्की, मन्थली नगरपालिकाका प्रमुुख उपप्रमुख लगाएतका पदाधिकारी, जिल्ला स्थित कार्यालय प्रमुखहरु र संचारकर्मी लगाएतले रोपाई कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले सो अवसरमा हिलो खेल्दै असारे भाका समेत हाल्दै रोपाई गरेका थिए ।

कार्यक्रमको संयोजन मन्थली नगरपालिका वडा नम्बर ८ ले गरेको थियो । धान दिवसकै अवसरमा लिखु तामाकोशी गाउँपालिकाले सिरीसे फाँटमा रोपाई कार्यक्रम गरेको छ । जिल्लाका अन्य स्थानीय तहले समेत धान दिवसको अवसरमा रोपाई कार्यक्रम गरेको जनाइएको छ ।