बाल संगठनलाई थाहा छैन् आफ्नो करोडौंको जग्गा
5 महीना पहिले प्रकाशित
रामेछाप – नेपाल बाल संगठन रामेछापको नाममा करोडौं मूल्य पर्ने जग्गा छ । तर उक्त जग्गाको बारेमा संगठनका पदाधिकारीलाइ जानकारी छैन । भाडामै दिने हो भने पनि मासिक लाखौं आउने जग्गा कौडी समेत नदिएर बर्षौ देखि अरुले प्रयोग गर्दै आएको छन् । सभा समारोह र भोज गर्ने थलो बालसंगठनको जग्गा भएको छ ।
रामेछाप बजार नजिकै संगठनको नाममा दर्ता रहेको साविक भंगेरी पञ्चायत वडा नम्बर ९ झ ५१७, ५२१, ५१९, ५२६, ५२९, ५३६, ५३४, २६१, ५३१ र ५३४ गरी १० कित्ताको कुल १४ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । उक्त जग्गा हाल गौरी शंकर क्याम्पस र बालमन्दिर आधारभुत विद्यालयले निशूल्क रुपमा प्रयोग गरिआएका छन ।
उक्त जग्गामा २ वटा साना भवन वनाएर संचालन हुदै आएको बालमन्दिर आधारभुत विद्यालय नेपाल सरकारको पूर्ण अनुदानमा संचालन भएको अन्य सामुदायिक विद्यालय सरहको हो । त्यसमा बाल संगठनको कुनै सहयोग छैन् । गर्दैन । बालसंगठनको नाममा रहेको जग्गामा संचालन गरीएकोले विद्यालयको नामै बालमन्दिर राखिएको मात्र हाे । नाम बालमन्दिर राखेर केहि व्यक्तिले त्यहिनै आफुले चलाएको विद्यालय हो भनेर बालसंगठनलाइ विवरण दिने गरेको आरोप पनि लाग्दै आएको छ । तर त्यसमा कुनै सत्यता छैन् ।
नेपाल बाल संगठनका पूर्व अध्यक्ष एवं समाजसेवि स्वर्गीय गोविन्दवहादुर श्रेष्ठले आफ्नो कार्यकालमा उक्त जग्गा खरिद गरेका थिए । रोपनीको ४ हजार ५ सय रुपैयाका दरले खरिद गरेको उक्त जग्गा रामेछाप बजार मध्येकै नामी जग्गामा पर्छ । रामेछाप वजार क्षेत्रमै त्यो जतिको राम्रो जमिन अरु छैन । रामेछापमा जिल्ला सदरमुकाम हुदै खरिद गरिएको उक्त जग्गा जिल्ला सदरमुकाम झरेपछि त्यत्तिकै अलपत्र परेकाे हाे ।
जिल्ला सदरमुकाम झरेपछि बालसंगठनको बैठकले अर्को व्यवस्था नभए सम्मका लागि गौरीशंकर माविलाइ उक्त जग्गा भोगचलन गर्न दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी र जिल्ला पञ्चायतका सभापति समेतको उपस्थितिमा भएको बैठकले जग्गाको भोगचलन गरे वापत कुनै शूल्क तोकेको थिएन । ‘चाहिएको बेलामा विद्यालयले छोड्ने गरी त्यो निर्णय भएको हो । निर्णयमा छाड्ने मिति तोकिएको छैन र विद्यालय संग कुनै संझौता भएको पनि छैन । गौरीशंकर माविलाई दिएको भएपनि उक्त माविले गौरीशंकर क्याम्पस संचालनमा उक्त जग्गा र सो मा निर्माण गरीएका भवन प्रयोग गर्दै आएको छ । गत बर्ष मात्र क्याम्पसको नयाँ भवन बनेको छ, तर पुग्ने र प्रयाप्त छैन् ।
बालसंगठनको नाममा रहेको उक्त जग्गामा संगठनको स्वीकृत विना विद्यालयको आन्तरिक श्रोत परिचालन गरेर ४ वटा र विद्यालयको नाममा नेपाल सरकारले उपलव्ध गराएको रकमबाट ३ समेत ७ वटा भवन निर्माण गरिएका छन् । संगठनले आफ्नो स्वामित्व खोजेको बेला उक्त भवनहरु के हुन्छन् भन्ने अन्यौल छ । बाल संगठनले छोड भन्दा छोड्नु पर्ने जग्गा भन्ने कुराको जानकारी हुदा हुदै त्यतिधेरै लगानी गर्नु हुन्थ्यो कि हुदैनथ्यो ? बहसको विषय बनेको छ । संगठनले आफ्नो जग्गाको बारेमा अहिले सम्म खोजविन नगरेको विद्यालय प्रशासनले जनाएको छ । बालसंगठन आफ्नो जग्गा खोजविन गर्न नआएका कारण विद्यालयले आफ्नो योजना बमोजिम जग्गाको उपयोग गर्दै आएको स्थानीयको बुझाइ छ ।
नेपाल बाल संगठन केन्द्रीय समितिले केहि दिन अघी मात्र रामेछाप ४ का सुन्दर घिमिरेलाई नेपाल बाल संगठन रामेछाप जिल्ला तदर्थ समितिको संयोजक चयन गरेको छ । संयोजक घिमिरेलाई संगठन विस्तार गरी अधिवेशन गराउने र संगठनको नाममा रहेका सम्पत्तिको खोजविन गरी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
र
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
