रामेछाप । रामेछाप जिल्लाबाट गत बर्ष लिईएको एसईई परिक्षा २०८१ मा ७२ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्र्तिण ( ग्रेडिङ प्रााप्त ) भएका छन् । जिल्लाबाट कुल २ हजार ३ सय ९ जना विद्यार्थी उक्त परिक्षामा सामेल भएकोमा १ हजार ६ सय ७१ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् । कुल ६ सय ३८ जना विद्यार्थीहरुले भने पुरक परिक्षा दिनुपर्ने भएको छ । यो २७ दशमलव ६३ प्रतिशत हो ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार रामेछापबाट ३.६१ देखि ४ जिपीए ल्याउने २ सय १३ जना, ३.२१ देखि ३.६० जिपीए ल्याउने ४ सय ८६ जना, २.८१ देखि ३.२० जिपीए ल्याउने ६ सय ८१ जना, २.४१ देखि २.८० जिपीए ल्याउने २ सय ८२ जना र २ देखि २.४० जिपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन् ।
रामेछाप जिल्लाको सामुदायिक विद्यालय मन्थली माविकी छात्रा सफिना श्रेष्ठले उत्कृष्ट अंक हासिल गरी जिल्ला प्रथम भएकी छिन् । श्रेष्ठले ४ जिपीए ल्याएर उत्र्तिण गरेकी हुन् । गत बर्ष पनि उक्त माविका एक जना विद्यार्थीले ४ जिपीए ल्याएर प्रथम स्थान हासिल गरेका थिए ।
