रामेछापबाट ७२ दशमलव ३७ प्रतिशत परिक्षार्थी ग्रडिङमा
5 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप जिल्लाबाट गत बर्ष लिईएको एसईई परिक्षा २०८१ मा ७२ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्र्तिण ( ग्रेडिङ प्रााप्त ) भएका छन् । जिल्लाबाट कुल २ हजार ३ सय ९ जना विद्यार्थी उक्त परिक्षामा सामेल भएकोमा १ हजार ६ सय ७१ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन् । कुल ६ सय ३८ जना विद्यार्थीहरुले भने पुरक परिक्षा दिनुपर्ने भएको छ । यो २७ दशमलव ६३ प्रतिशत हो ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार रामेछापबाट ३.६१ देखि ४ जिपीए ल्याउने २ सय १३ जना, ३.२१ देखि ३.६० जिपीए ल्याउने ४ सय ८६ जना, २.८१ देखि ३.२० जिपीए ल्याउने ६ सय ८१ जना, २.४१ देखि २.८० जिपीए ल्याउने २ सय ८२ जना र २ देखि २.४० जिपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन् ।
रामेछाप जिल्लाको सामुदायिक विद्यालय मन्थली माविकी छात्रा सफिना श्रेष्ठले उत्कृष्ट अंक हासिल गरी जिल्ला प्रथम भएकी छिन् । श्रेष्ठले ४ जिपीए ल्याएर उत्र्तिण गरेकी हुन् । गत बर्ष पनि उक्त माविका एक जना विद्यार्थीले ४ जिपीए ल्याएर प्रथम स्थान हासिल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
