+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

विपद् राहत कोष बनाउदै रामेछाप उद्योग वाणिज्य सङ्घ

5 महीना पहिले प्रकाशित

रामेछाप- विपदमा पर्ने व्यवसायीहरुलाई राहत तथा उद्दारका लागि रामेछाप उद्योग वाणिज्य सङ्घले सहयोग कोषको स्थापना गर्ने भएको छ ।


विपद्मा पर्ने रामेछाप उद्योग वाणिज्य सङ्घका सदस्यहरु र उनीहरुको व्यवसायमा हुने क्षतिलाई थोरै भएपनि राहत पुर्याउन उक्त कोष सञ्चालन गर्न लागिएको हो । कोष सञ्चालनका लागि कार्यविधि बनाउनका लागि रामेछाप उद्योग वाणिज्य सङ्घका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठको संयोजकत्वमा महासचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष झनकबहादुर बुढाथोकी, सदस्य जया सुवेदी र कार्यकारी अधिकृत नवीनकुमार घिमिरे सदस्य रहेको उप समितिको गठन गरिएको छ ।


पछिल्लो समय प्राकृतिक प्रकोप बाढी पहिरो, आगलागि लगायतका पिपद्का घटना बढ्दै गएका र त्यसले उद्योग व्यवसाय क्षेत्रमा रहेका व्यवसायीलाई समेत अछुतो रहन नसकेको परिवेशमा सङ्घले उक्त कोष सञ्चालनको अवधारणा अघि सारेको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले बताए । उनकाअनुसार सङ्घले कोष सञ्चालनका लागि यसअघि सङ्घले स्थापना गरेका केही कोषहरुलाई मर्जर गर्ने र थप सहयोग जुटाउने छ । कोषलाई मजवुद बनाउने र हरेक बर्ष कोष वृद्धिका लागि पहल गर्ने थापामगरले बताए ।


व्यवसाय र व्यवसायीलाई अफ्ठेरो परेको बेलामा यसअघि पनि राहत तथा उद्दारमा सक्रिय रहँदै आएको सङ्घले अब कार्यविधिनै बनाएर कोष सञ्चालन गर्न लागेको खवरलाई उद्योगी व्यवसायीहरुले सकरात्मक रुपमा लिएका छन् । रामेछाप उद्योग वाणिज्य सङ्घमा हाल १ हजार ७ सय ५० जना सदस्य आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले