+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

स्थानीयको अगुवाईमा पक्की पुल निर्माण

5 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको मन्थली नगरपालिका २ र लिखु तामाकोशी गाउँपालिका ७ को विचमा पर्ने कठजोर खोलामा पुल निर्माण भएपछि यातायातका साधन संचालनमा सहजता आएको छ ।

मन्थली २ को बान्द्रेबाट ताप्के हुदै तिल्पुङ जाने छोटो सडकमा पुल नहुदा कठजोर खोलामा बाढी आउदा यातायात संचालनमा कठिनाई हुदै आएको थियो । उक्त पुल निर्माण पछि अव ताप्के तर्फको आउजाउ सहज भएको छ ।

गत बर्ष आएको बाढीले कजवे वगाएपछि बर्षायाममा सडक संचालनमा आउन सकेको थिएन । खोलामा पुल निर्माणका लागि सरकारी निकायलाई गुहार गरिएको भएपनि कतैबाट बजेट नपरेपछि स्थानीय स्तरमै समन्वय गरेर पुल निर्माण गरिएको हो ।

मन्थली २ का वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्कीका अनुसार लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङ निवासी डम्बरवहादुर थापाको अगुवाईमा उक्त पुल निर्माण भएको हो । थापा एक्लैले पुल निर्माणका लागि झण्डै ९ लाख ५० हजार बेहोरेका थिए । मन्थली नगरपालिका २ ले लागत साझेदारी कार्यक्रम अन्तरगत ३ लाख ५० हजार रुपैया बेहोरीएको थियो । पुल निर्माणका लागि १३ लाख खर्च लागेको छ ।

करिव ८ लामो उक्त पुल ( कल्भर्ट ) निर्माण पछि बर्षायाममा कठजोर खोलाको बाढीबाट जोगिन र आवागमनमा सहजता आएको कार्कीले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले