नेल्टा रामेछापको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता
5 महीना पहिले प्रकाशित
रामेछाप- नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) रामेछापको आयोजनामा अन्तरमाध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ ।
शनिवार मन्थली नगरपालिका वडा नम्बर १ अन्तर्गतका माध्यमिक विद्यालयहरुबिच उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । उक्त प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । विषयगत चरण र श्रव्यदृष्य चरण गरी दुई भरण प्रतियोगिता सञ्चालन गरिएको टिचर्स एसोसिएसनले जनाएको छ ।
प्रतियोगितामा नेपालको इतिहास, भूगोल, विज्ञान, खेलकुद, अन्तर्राष्ट्रिय विषयवस्तु तथा अङ्ग्रेजी भाषासम्बन्धी विविध सवालहरूको प्रश्न सोधिएका थिए । प्रतियोगितामा विद्यार्थीहरूबिच ज्ञान, चातुर्य, शैक्षिक क्षमता अभिवृद्धि गर्न, स्वस्थ प्रतिस्पर्धाको विकास र आत्मविश्वासको उत्कृष्ट प्रदर्शन देखिएको एसोसिएसनको भनाइ छ ।
उक्त प्रतियोगितामा तामाकोसी अङ्ग्रेजी आवासीय विद्यालय प्रथम भएको छ । त्यसैगरी लिटिल स्टर इङ्लिस स्कुल द्धितीय र केब्स स्कुल मन्थली तृतीय भएका छन् । प्रतियोगिताका विजेता टिमलाई नगद रकम साथै शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोग रामेछपका अध्यक्ष गौतम लामा र नेल्टाका प्रमुख सल्लाहकार डा. टंक दहालद्धारा वितरण गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भूमि समस्या समाधान आयोग रामेछपका अध्यक्ष गौतम लामाले प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवालाहरुलाई आग्रहसमेत गरे ।
यस्ता प्रतियोगिताहरुले विद्यार्थीमा भएका ज्ञान, सीप र क्षमता विकासमा ठेवा पुग्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिन नेल्टाका प्रमुख सल्लाहकार डा. टंकप्रसाद दहालले अनुरोध गरे ।
कार्यक्रमका अध्यक्ष हस्तबहादुर लामाले कार्यक्रमका सहभागिहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूमा भाषिक सीप, सामान्य ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न यस्ता कार्यक्रमहरू महìवपूर्ण हुने बताए । लामाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्वयम्सेवकहरूलाई आभार व्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
