सुनचाँदी व्यवसायी १६ दिनेदेखि आन्दोलनमा
5 महीना पहिले प्रकाशित
असार १३, रामेछाप । सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरु १६ दिनदेखि आन्दोलनमा छन् । सुनचाँदी व्यवसायी सङ्घको देशव्यापी कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरुले पनि विभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।
सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गर्नु पर्ने व्यवसायीहरुको माग छ ।
सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता करले उपभक्तालाई मार पर्ने सुनचाँदी व्यवसायी सङ्घका निवर्तमा केन्द्रीय सदस्य आकाश रिजालले बताए । उनले भने सरकारले हिरा तथा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट र सुनमा लगाएको २ प्रतिशत विलासिता कर उपभोक्ताको विरुद्धमा छ, त्यसैले यो खारेज गरिनु पर्छ । सरकारको नीति उपभोक्ताको हितमा हुनेपर्ने उनको भनाइ छ ।
छिमेकी मुलुकमा सुनचाँदीको भन्सार ६ प्रतिशत रहेको तर नेपालमा भन्सार १४ प्रतिशत रहेकाले नेपालको भन्सार पनि ६ प्रतिशत कायम गरिनु पर्ने सुनचाँदी व्यवसायीहरुको माग रहेको छ ।
रामेछापका सनचाँदी व्यवसायीहरुले शुक्रवार हातमा कालो पट्टी बाँधेर, कालो ब्यानरसहितको र्याली निकालेका छन् । साथै व्यवसायीहरुले आफ्नो व्यवसाय स्थलमा कालो ब्यानर राखेर बिरोध जनाउँदै आएको छ ।
छिमेकी मुलुकमा सुनचाँदीको भन्सार ६ प्रतिशत हुने तर नेपालमा १४ प्रतिशना हुँदा कर छलिका सामान धेरै आउने भएकाले त्यसबाट राज्यलाई नै घाट पुग्ने सङ्घका निवर्तमान केन्द्रीय सदस्य रिजालको भनाइ छ । उनले भने– छिमेकी देशकोभन्दा हाम्रो देशमा भन्सार बढी लगाउँदा चोरी निकासी तथा कर छलिका सामानहरु धेरै आउने सम्भावना हुन्छ, भन्सार छली गरेर सामान आउँदा सरकारलाई नै घाटा लाग्छ, भारतमा भन्सार ६ प्रतिशत छ, नेपालमा पनि भन्सार ६ प्रतिशत कायम गर्ने हो भने भन्सार छलिका सामान आउन कम हुन्छ, त्यसले राज्यलाई नै फाइदा पुग्ने हो, त्यसैले सुनचाँदीको भन्सार कर ६ प्रतिशत कायम गरिनु पर्छ भन्ने हाम्रो माग हो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
