+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछापमा १० वटा मानवअधिकार उलङ्घनका घटना

5 महीना पहिले प्रकाशित

रामेछाप, । सन् २०२५ को पहिलो ६ महिनाको अवधिमा रामेछापमा १० वटा मानवअधिकार उलङ्घनका घटना घटेका छन् । शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा भएको कार्यक्रममा मानवअधिकारबादी संस्था इन्सेकको तर्फबाट पहिलो ६ महिनामा सङ्कलन भएका घटनाको बरे जानकारी गराइएको थियो । जिल्ला प्रतिनिधि नवराज पथिकले पहिलो ६ महिनामा १० वटा घटना अभिलेखीकरण भएको कार्यक्रममा जानकारी दिए । घरेलु हिंसा, जातीय विभेद, धम्की, बाल अधिकार लगायतका घटना यो अवधिमा घटेको उनले वताए ।

तर जिल्ला प्रहरी कार्यालयको विवरणमा भने थप घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले हत्याका २, आत्महत्या दुरुत्साहनका १, यौनजन्य अपराधका ६, जातीय विभेदका १, घरेलु हिंसाका ५ वटा घटना प्रहरी समक्ष आएका वताए। त्यस्तै यो ६ महिनामा आत्महत्याका १८ वटा घटना जानकारीमा आएको उनले वताए ।

कार्यक्रममा जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्य जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता विनीता कपाली, रामेछाप बार एशोसियशनका का अध्यक्ष यादव दाहाल , गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे लगाएतले आ आफ्ना धारणा राखेका थिए । 

कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डब प्रसाईकाे अध्यक्षतामा भएको थियाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले