काठमाडौं । २०८१ सालमा संचालन भएको एसईई परिक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ सार्वजनिक भएको नतिजा अनुसार कुल परिक्षार्थी मध्ये ६१ दशमलव ८१ प्रतिशत परिक्षार्थीले ग्रेड हासिल गर्न सकेका छन् । गत बर्ष करिव ४८ प्रतिशतले मात्र ग्रेड हासिल गरेका थिए ।

राष्ट्रिय परिक्षा बोर्ड , परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजा बेबसाईटमा समेत उपलव्ध हुने जनाइएको छ । गत बर्ष देशभरका माध्यमिक तहमा अध्ययन गर्ने ५ लाख १० हजार विद्यार्थी एसईई परिक्षामा सामेल भएका थिए ।