रामेछाप । पालिका स्तरका बार्षिक परिक्षामा उत्कृष्ट अंङ्क ल्याउने विद्यार्थीहरुलाई रामेछापको गोकुलगंगा गाउँपालिकाले सम्मान गरेको छ । कक्षा ५ र ८ को परिक्षामा उत्कृष्ट अंङ्क हासिल गर्ने विद्यार्थीहरुलाई ननद पुरस्कार र कदरपत्र सहित सम्मान गरिएको हो ।

गाउँसभाको १७ औं अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का – दिनेश ) उपाध्यक्ष उषादेवि कार्की लगाएतले विषयगत शिक्षकहरुलाई समेत सम्मान गरेका थिए । पुरस्कार तथा सम्मानले आगामी दिनमा पालिकाको शैक्षिक स्तर उकास्नका लागि थप प्रेरणा मिल्ने शिक्षकहरुले वताएका थिए ।