रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५० लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा चालु तर्फ करिव ६० प्रतिशत र पूँजिगत तर्फ करिव ४० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।

मंगलबार आयोजित गाउँसभाको १८ औं अधिवेशनमा उपाध्यक्ष गीता विष्टले उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा पूर्वाधार, स्वास्थ्य शिक्षा र सामाजिक विकास र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा आगामी बर्ष गाउँपालिकाले बजेट कार्यान्वयनका लागि लिईने निती तथा कार्यक्रम समेत गाउँपालिकाकी उपाध्यक्ष विष्टले प्रश्तुत गरेकी थिईन । उक्त कार्यक्रमलाई गाउँसभाले पारित गरेको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको थियो ।