रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ करोड १३ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित गाउँसभाको अधिवेशनमा उपाध्यक्ष सावित्री सुनुवारले उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा पूर्वाधार, स्वास्थ्य शिक्षा र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ ।
कार्यक्रममा आगामी बर्ष गाउँपालिकाले बजेट कार्यान्वयनका लागि लिईने निती तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले प्रश्तुत गरेका थिए । उक्त कार्यक्रमलाई गाउँसभाले पारित गरेको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारको अध्यक्षतामा भएको थियो ।
