रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८२।०८३ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । धोविमा मंगलबार आयोजित गाउँसभाको अधिवेशनमा उपाध्यक्ष दिपा पाख्रिनले आगामी आर्थिक बर्षका लागि कुल ६८ करोड २५ लाख ८६ हजारको अनुमानित बार्षिक बजेट प्रश्तुत गरेकी हुन् । उक्त वजेट पूँजिगत र आर्थिक क्षेत्रमा गरी कुल हुन आउने हो ।
गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा भएको गाउँसभाको अधिवेशनमा आगामी बर्षको बजेट कार्यन्वयनका लागि गाउँपालिकाले अंगिकार गरेको निती तथा कार्यक्रम गाउँसभाको अधिवेशन समक्ष अध्यक्ष महतले प्रश्तुत गरेका थिए ।
मंगलबारनै रामेछापका खाँडादेवि र गोकुलगंगाले समेत बार्षिक निती तथा कार्यक्रमका साथै अनुमानित बार्षिक बजेट सार्वजनिक गरेका छन् । मन्थली र रामेछाप नगरपालिकाले सोमबारनै बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरीसकेका थिए ।
