रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।०८३ का लागि ५६ करोड ९८ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष उषादेवि कार्कीले उक्त अनुमानीत बजेट तथा कार्यक्रम प्रश्तुत गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का ( दिनेश ) अध्यक्षतामा भएको उक्त परिषदमा अध्यक्ष खड्काले आगामी आर्थिक बर्षमा बजेट कार्यान्वयनका लागि अख्तियार गरिने नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए ।

आगामी बर्ष घर घरमा खानेपानीका धारा पु¥याईने, योजना बैंक निर्माण गरी त्यसमा समावेश भएका योजनामा मात्र प्राथमिकताका आधारमा बजेट विनीयोजनमा प्राथमिकता दिईने, पालिकामा गौरबका आयोजना संचालन गरिने र यसअघी लगानी गरिएका अधुरा आयोजनालाई पुरा गरी स्थानीय नागरिकलाई लाभ पु¥याउने लक्ष्य निति तथा कार्यक्रममा समेटिएको छ ।