रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।०८३ का लागि ६५ करोड ८४ लाख ८१ हजारको बजेट सार्वजनिक गरेको छ । मंगलबार खाँडादेवि गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष रमा घिसिङले उक्त अनुमानीत बजेट तथा कार्यक्रम प्रश्तुत गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त परिषदमा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक बर्षमा बजेट कार्यान्वयनका लागि अख्तियार गरिने नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्थानीय रोजगारी र कृषि लगाएतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । साविकमा गर्दै आएका सुशासन र पारदर्शिताका कार्यक्रमलाई पनि पालिकाले यथावत राखेको छ ।