रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ४ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत बर्षको भन्दा ४ प्रतिशतले बढी हो ।
सोमबार मन्थलीमा भएको नगरसभाको १७ औं अधिवेशनमा उप प्रमुख इश्वरी बस्नेतले उक्त बजेट प्रश्तुत गरेकी हुन् ।
बजेटले शिक्षा स्वास्थ्य महिला बालवालिका हितको कार्यक्रम गरी जिवनस्तर उकास्ने, कृषि पशुपालन र उद्यमसिलताका माध्यमबाट आयवृद्धि गर्ने, दिगो विकासका लागि जोड दिईने, जवाफदेहि र पारदर्शिताको सूनिश्चिततागर्ने, बालमैत्री, लैंगिक सहभागिता , विपत न्यूनिकरण कार्यक्रम मार्फत सुरक्षित समाज बनाउने लक्ष्य लिएको छ ।
प्रश्तुत बजेटमा लुलभ गुणस्तरिय र आधारभुत सामाजिक सेवा वृद्धि गर्ने, प्रतिफल दिने कृषि र पशुजन्य उत्पादन र वजारीकरणमा विशेष कार्यक्रम संचालन गरिने र प्रविधिमैत्री सेवा प्रवाहलाई विस्तार गर्ने प्राथमिकता लिइएको छ ।
बजेटले संचारक्षेत्र तर्फ रेडियो कार्यक्रमका लागि उपलव्ध हुदै आएको सहयोगलाई निरन्तरता दिएको छ भने लोककल्याणकारी विज्ञापनको लागि बजेट विनीयोजन गरेको छ ।
चालु आर्थिक बर्षमा आन्तरिक आय तर्फ ३ करोड ३० लाख अनुमान गरिएकोमा लक्ष्यको ८४.८८ प्रतिशत लक्ष्य प्रात्ति भएको छ । चालुतर्फ ७७ दशमलव ५३ प्रतिशत बजेट खर्च भएकोमा पूँजिगत तर्फ भने कुल ४६ दशमलव ८८ प्रतिशत मात्र बजेट खर्च भएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
बजेटमा वडा केन्द्र जोड्ने सडक, मासलाईट, बालमैत्री शुसासन कार्यक्रम, संघीय र प्रदेश सरकारको साझेदारीमा संचालन गर्ने कार्यक्रम, लागत साझेदारीमा संचालन गर्ने कार्यक्रम समावेश गरेको छ ।
नगरपालिकाले धेरै बर्ष देखि निती तथा कार्यक्रममा समावेश गर्दै आएको फोहोरमैला विसर्जनको कार्यक्रम यो बर्ष समेत समावेश गरेको छ । सेलेघाटमा ल्याण्डफिल्ड साईट निर्माण गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।
गरपालिकाका प्रमुख लब श्रेष्ठले नगरपालिकाले आगामी बर्ष संचालन गरिने नगरका कार्यक्रम र त्यसका लागि अख्तियार गरिने नितीहरु समावेश गरी निती तथा कार्यक्रम प्रश्तुत गरेका थिए ।
