रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरमा गए राति पहिरोले एक गोठ पुरेको छ । गोठमा रहेका दुई गाईबाच्छा मरेका छन् ।

उँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानका अनुसार स्थानीय चिहान खोला नजिक चेलि सार्कीको गोठ पहिरोले पुरेको हो । पहिरोका कारण अरु ४ घरगोठ जोखिममा छन् ।

यसैविच घट्टेखोलामा आएको बाढीले सडक बगाएपछि दोरम्बा बाट ढोईगाउँ हुदै गाउँपालिका तर्फ जाने सडक अवरुद्ध भएको छ । गत बर्ष पुल बगाएपछि उक्त खोलामा अस्थायी रुपमा सडक संचालनमा ल्याइएको थियो । मोक्तानले पालिका आउजाउका लागि मानपुर अल्छेढुङ्गाको सडक प्रयोग गर्नुपर्ने भएको वताए । उक्त सडक केहि घुमाउरो पर्छ ।