रामेछाप । पहिरोको कारण अवरुद्ध भएको पुष्पलाल मार्गको खिम्ती ¥ किर्ने खण्डमा एकतर्फि यातायात संचालनमा ल्याइएको छ ।

आईतबार विहानै दोलखाको तामाकोशी गाउँपालिकामा पर्ने खिम्ती खोला नजिक पहिरो खसेर सडकमा थप्रिएको थियो । पहिरो पन्छाएपछि सडकमा यातायातका साधन संचालनमा आएका छन् । पहिरो पन्छाएपछि विद्यालयमा आउजाउ गर्ने बालबालिका र अन्य बटुवालाई पनि सहज भएको हो । यद्यपी उच्च होसियारी अपनाउनका लागि प्रहरीले आग्रह गरेको छ ।