रामेछाप । रामेछापमा नेपाल टेलिकमको नेटवर्कले केहि दिन देखि काम गरेको छैन् । आउने जाने क्रम केहि दिन देखि चलिरहेकोमा शनिबार भने विहानै देखि टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ ।
टेलिफोन नेटवर्कले काम नदिएपछि सर्वसाधारणहरुले सामाजिक सञ्जालमा नेपाल टेलिकम प्रति रोष पोख्दै विभिन्न टिप्पणीहरु गरीरहेका छन् । नेटवर्कमा आएको समस्याका बारेमा नेपाल टेलिकमले सर्वसाधारणलाई हाल सम्म कुनै सूचना दिएको छैन् ।
