रामेछाप । केहि दिन देखि नेपाल भित्रीएको मनसुनका कारण नदी तथा खोला तटिए क्षेत्रमा बाढीको जोखिम भएपछि बिपी राजमार्गमा आगामी १५ दिनका लागि रातीको समयमा गाडी संचालन गर्न रोक लगाईने भएको छ । भोली देखि उक्त निर्णय लागु गर्ने निर्णय तीन जिल्लाका सुरक्षा अधिकारीहरुको शुक्रबार बसेको समन्वयात्मक बैठकले गरेको हो ।

शुक्रबार रामेछाप, सिन्धुली र काभ्रे जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले बिपी राजमार्गमा आउन सक्ने बाढी र पहिरोबाट जनधनको रक्षा गर्न उक्त निर्णय गरेको हो । निर्णय अनुसार अव बेलुका साँढे ६ बजे देखि विहान ५ बजे सम्म विपी राजमार्गमा निजी र सार्वजनिक सवारी साधनलाई संचालनमा रोक लगाइने छ । खुर्कोट देखि काभ्रेभन्ज्याङ सडक खण्डमा उक्त निर्णय लागू गर्ने अधिकारीहरुले वताएका छन् ।