+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रणजोरको बाढीले बरदेउथान खेत कटान, मन्थली घाट बस्ती जोखिममा

5 महीना पहिले प्रकाशित

रामेछाप । शुक्रबार परेको अविरल बर्षा पछि रणजोर खोलामा आएको बाढीले मन्थली १ को बरदेउथान खेत कटान गरेको छ । बाढीले दर्जनौ किसानको खेत बगाएकोे हो ।

बाढीले गत बर्ष पनि उक्त स्थानमा रहेको खेत बगाएको थियो । खोलाले बगर बनाएको खेतलाई किसानले लाखौं खर्च गरेर पुन खेतियोग्य बनाएका थिए । असोजको बाढीले पाकेको धान गुमाएका किसानले यो पटक पाकेको मकै गुमाएका छन् । बाढीले मकै र धानको ब्याड बगाएको छ ।

साविकमा लगाएको तारबार लाई भत्काएर असोजमा बाढी पसेको स्थानमा किसानहरुले आफैले पैसा उठाएर केहि थान तारजाली लगाएका थिए । तर त्यसले रणजोरको बाढी थेगेन । खोला पस्दा बालीसहितको खेत मात्र नभै मन्थली घाटको पुल समेत जोखिममा परेको छ । गत बर्ष पनि पुलको पूर्वि जग नजिकका घरहरुमा रणजोरको बाढी पसेको थियो । उक्त वस्ती जोखिममा परेको छ ।

शुक्रबारको बाढीले रणजोर किनारका अन्य खेतहरुमा समेत कटान गरेको स्थानीय किसानहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले