+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुनकोशी नदी किनारमा वसोवास गर्नेलाई बाढीको जोखिमबाट सतर्क रहन प्रशासनको आग्रह

5 महीना पहिले प्रकाशित

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले विहिबार सार्वजनिक सूचना मार्फत सुनकोशी किनारमा वसोवास गर्नेलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले सुनकोशी नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसaले सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कताका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीले सार्वजनिक सूचना जारी गरेका थिए । रामेछापको खाँडादेवि गाउँपालिकाले समेत बुधबारनै सूचना जारी गरेर आफ्नो पालिका क्षेत्रका नागरिकलाई सुरक्षित रहन सचेत गराएको थियो ।

सुनकोशीमा बाढी आउदा रामेछापको सुनापति र खाँडादेवि गाउँपालिका तथा मन्थली र रामेछाप नगरपालिकाको दक्षिणी सिमाक्षेत्रमा वसोवास गर्ने प्रभावित हुनेछन् । गत असोजमा सुनकोशीमा आएको बाढीले त्यस क्षेत्रमा ठुलो मात्रामा विनास निम्तिएको थियो । त्यसबेलामा क्षति भएका सार्वजनिक र व्यक्तिगत सम्पत्तिको अझै पुननिर्माण हुन सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले