रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले विहिबार सार्वजनिक सूचना मार्फत सुनकोशी किनारमा वसोवास गर्नेलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले सुनकोशी नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसaले सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कताका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, काभ्रे र सिन्धुलीले सार्वजनिक सूचना जारी गरेका थिए । रामेछापको खाँडादेवि गाउँपालिकाले समेत बुधबारनै सूचना जारी गरेर आफ्नो पालिका क्षेत्रका नागरिकलाई सुरक्षित रहन सचेत गराएको थियो ।

सुनकोशीमा बाढी आउदा रामेछापको सुनापति र खाँडादेवि गाउँपालिका तथा मन्थली र रामेछाप नगरपालिकाको दक्षिणी सिमाक्षेत्रमा वसोवास गर्ने प्रभावित हुनेछन् । गत असोजमा सुनकोशीमा आएको बाढीले त्यस क्षेत्रमा ठुलो मात्रामा विनास निम्तिएको थियो । त्यसबेलामा क्षति भएका सार्वजनिक र व्यक्तिगत सम्पत्तिको अझै पुननिर्माण हुन सकेको छैन् ।