+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

दैलेखमा ठुलाे परिमाणमा ग्याँस रहेकाे प्रतिवेदन

5 महीना पहिले प्रकाशित

सुर्खेत — चीनमा गरीएको परिक्षणले नेपालको दैलेख जिल्लाको भैरवि गाउँपालिका १ जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन आएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेले ४ हजार मिटर गहिराई सम्म खोपेर भौगर्भिक अध्ययन गरेको थियो । अध्ययनको क्रममा फेला पारेका तथ्याङ्कहरुलाई प्राविधिक परिक्षणका लागि चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीमा पठाईएको थियो । ड्रिलिङका आधारमा प्राप्त प्रारम्भिक प्रतिवेदनले ठूलो परिणाममा मिथेन ग्याँस भएको पत्ता लागेको हो ।

कम्पनीको अन्तिम प्रतिवेदन भने आउदो डिसेम्बरसम्म आउने विभागले जनाएको छ । चिनियाँ विज्ञ टोलीले गरेको अध्ययन अनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्याँस जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।

चीनका प्राविधिकहरुले २०८० वैशाख २८ गतेदेखि झण्डै डेढ वर्ष ड्रिलिङ गरेर त्यसको अध्ययन गरेको थियो । ‘हामीले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौ,’ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले भने, ‘जसको १/१ मिटरको स्याम्पल परीक्षणका लागि पठाएका थियौ ।

चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो । ‘पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेशणको काम थालिएको हो अहिले ग्यास धेरै रहेको पाइयो,’ उपमहानिर्देशक नापितले भने, ‘प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले