रामेछाप । चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म अध्याधिक बर्षाको संभावना भएकोले सुनकोशी नदीमा आउन सक्ने बाढीको जोखिमबाट सुरक्षित रहन सरकारले नदी किनारका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार सूचना जारी गरी सुनकोशी र भोटेकोशी किनार आसपास सतर्कता अपनाउन आग्रह गरेपछि त्यस भन्दा दक्षिणपूर्वि क्षेत्रमा बाढीको सन्त्रास बढेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय काभ्रे र रामेछापको खाँडादेवि गाउँपालिकाले समेत सुनकोशी नदी किनारमा वसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन बुधबारनै सूचना जारी गरेका छन् ।

रामेछापको सुनकोशी किनारमा च्याँडिटार, सिन्धुरेटार, लुभु, खैरनीघाट, कोथपे, बेलघारी, सित्खा, डब्खा, पुछिघाट, नबुघाट, हर्दिनी, भोटटार लगाएतमा बाक्लो वस्ती छ । गत बर्ष असोजको बाढीले सो क्षेत्रमा ठुलो क्षति पु¥याएको थियो ।