करेण्ट लगाएर माछा मार्दै गरेका ५ जना माझी प्रहरीको नियन्त्रणमा
5 महीना पहिले प्रकाशित
रामेछाप । करेण्ट लगाएर माछा मारिरहेको अवस्थामा रामेछापको हातिटारबाट ५ जना माझीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्थली नगरपालिका ६ हातिटार नजिकै रहेको तामाकोशीमा मंगलबार अपरान्ह करेण्ट लगाएर माछा मारिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनिहरुलाई माछा मार्नका लागि प्रयोग गरेका विद्युतिय समाग्री सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा मन्थली ६ का प्रेम माझी, भरत माझी, आषिश माझी, राजन माझी र ललित माझी रहेका छन् । उनीहरु सवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघी बढाइएको प्रहरीले जनाएको छ ।
नदी तथा खोलामा विद्युत रड लगाएर माछा मार्दा जलचरहरुको विनास हुने र त्यसले समग्र वातावरणमा ईकोसिष्टममानै असर पर्ने भन्दै वतावरणविदहरुले नदीमा करेण्ट लगाएर माछा मार्ने कुराको विरोध गर्दै आएका छन् । पानीमा करेण्ट लगाउदा ज्यान जाने जोखिम हुदाँ हुदै पनि केहि बर्ष देखि निरन्तर उक्त कार्य हुदै आएको थियो । करेण्ट लगाएर माछा मार्ने क्रममा कयौंले ज्यान गुमाएका छन् । केहि महिना अघी मात्र मन्थली नगरपालिका ८ जखनिटारका एक जना युवाले पनि करेण्ट लगाएर माछा मार्ने क्रममा ज्यान गुमाएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
7 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
7 दिन पहिले
संवाददाता
संवाददाता
