रामेछाप । करेण्ट लगाएर माछा मारिरहेको अवस्थामा रामेछापको हातिटारबाट ५ जना माझीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मन्थली नगरपालिका ६ हातिटार नजिकै रहेको तामाकोशीमा मंगलबार अपरान्ह करेण्ट लगाएर माछा मारिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनिहरुलाई माछा मार्नका लागि प्रयोग गरेका विद्युतिय समाग्री सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा मन्थली ६ का प्रेम माझी, भरत माझी, आषिश माझी, राजन माझी र ललित माझी रहेका छन् । उनीहरु सवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघी बढाइएको प्रहरीले जनाएको छ ।
नदी तथा खोलामा विद्युत रड लगाएर माछा मार्दा जलचरहरुको विनास हुने र त्यसले समग्र वातावरणमा ईकोसिष्टममानै असर पर्ने भन्दै वतावरणविदहरुले नदीमा करेण्ट लगाएर माछा मार्ने कुराको विरोध गर्दै आएका छन् । पानीमा करेण्ट लगाउदा ज्यान जाने जोखिम हुदाँ हुदै पनि केहि बर्ष देखि निरन्तर उक्त कार्य हुदै आएको थियो । करेण्ट लगाएर माछा मार्ने क्रममा कयौंले ज्यान गुमाएका छन् । केहि महिना अघी मात्र मन्थली नगरपालिका ८ जखनिटारका एक जना युवाले पनि करेण्ट लगाएर माछा मार्ने क्रममा ज्यान गुमाएका थिए ।
