काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सोमबार विहान देखि काठमाडौ बाट सम्पर्क विहिन बनेका डा. केशव श्रेष्ठलाई प्रहरीले बालाजुबाट सकुशल फेला पारेको छ ।

प्रहरी परिसर काठमाडौका अनुसार बालाजुको एउटा होटलमा श्रेष्ठलाई फेला परिएको हो। प्रहरीले श्रेष्ठसंग सोधपुछ गर्दा आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

अपरान्ह प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइएको छ । श्रेष्ठ काठमाडौंको तार्केश्वर नगरपालिका -३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन् । उनलाई श्रीमतिको जिम्मामा छोडिने जानकारी प्रहरीले दिएको छ ।

केहि दिन अघी सम्म रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट पदमा कार्यरत श्रेष्ठलाई बिरामी अवस्थामा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले २४ घण्टे सरुवा गरेको थियो । हेटौडा अस्पतालमा सरुवा गरेको भएपनि उनलाई मन्त्रालयमा हाजिर गराइएको थियो ।

रामेछाप अस्पतालको विकास र आन्तरिक प्रशासनलाइ चुस्त बनाएका श्रेष्ठलाई अस्पतालकै केहि डाक्टर र नर्सका अलावा रामेछापका कहीँ मानिस, कर्मचारी तथा मन्त्रालयका कर्मचारीलाई समेत दोषारोपण गर्दै आफूले आत्महत्या गर्न लागेको स्ट्याटस लेखेर पोष्ट गरेका थिए ।