+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पालिकामा टिक्दैनन् संघीय सरकारले पठाएका प्रमुख प्रशासकिय अधिकृत

5 महीना पहिले प्रकाशित

रामेछाप । उमाकुण्ड गाउँपालिकाले पछिल्लो पटक प्रमुख प्रशासकिय अधिकृत आफ्नै पालिका निवासी स्वास्थ्यकर्मी अभिजीत सुनुवारलाई रोजेको छ ।

संघीय सरकारले खटाएका प्रमुख प्रशासकिय अधिकृत संग जनप्रतिनिधिको विकास निर्माण, नितीगत निर्णय र प्रशासनिक तथा लेखा सम्बन्धि काममा तालमेल नमिले पछि उत्तरी रामेछापको उमाकुण्ड गाउँपालिकामा पुग्ने संघीय निजामति सेवाका कर्मचारी टिक्ने गरेका छैनन् । जनप्रतिनिधिहरुले जस्तो सुकै काम गर्न दवाव दिने गरेको भन्दै उनिहरु सरुवा नभएपनि गाउँपालिका छोडेर हिड्ने गरेका छन् । त्यसैको पछिल्लो उदाहरण थिए, प्रमुख प्रशासकिय अधिकृत जितवहादुर श्रेष्ठ । उनी झण्डै २ महिना अघी मात्र उमाकुण्ड गाउँपालिकामा सरुवा भएर गएका थिए । उनी भन्दा अघीका प्रमुख प्रशासकिय अधिकृतहरु पनि केहि महिनामै पालिका छोड्ने गरेका उदाहरणहरु उमाकुण्डमा छन् ।

गाउँपालिकाले श्रेष्ठको नाम बेबसाईटमा हटाएर सुनुवारको नाम समावेश गरेको छ । सुनुवार स्वास्थ्य सेवा तर्फका कर्मचारी हुन् । उनी उमाकुण्ड गाउँपालिकाका स्थायी बासिन्दा समेत हुन् । आफ्नै पालिकाका प्रमुख प्रशासकिय अधिकृत पाएपछि अव कुनै काम नरोकिने आशा जनप्रतिनिधिहरुले गरेका स्थानीय बासिन्दाले वताएका छन् । असारको चटारोमा प्रमुख प्रशासकिय अधिकृत पालिका छोडेर हिडेंपछि विकास निर्माण कार्यको भुक्तानी र अन्य चालु खर्चको भुक्तानी गर्न पालिकालाई हम्मे परेको थियो । त्यसका अतिरीक्त असार महिना स्थानीय सरकारले नीति निर्माण गर्ने र बजेट तथा कार्यक्रम ल्याउने महिना भएकाले पनि प्रशासकिय अधिकृतको खाँचो खड्किएको थियो ।

संघीय सरकारले पठाएका प्रमुख प्रशासकिय अधिकृतहरु नरुचाउने रामेछापको अर्को दोरम्बा शैलुङ गाउँपालिका पनि हो । उक्त पालिकामा सरुवा भएर आउने प्रमुख प्रशासकिय अधिकृतहरु १÷२ महिनामानै पालिका छोडेर हिड्ने गरेका छन् । बरु जागीर नखाने तर दोरम्बामा नबस्ने भन्दै हाकिमहरु हिड्ने गरेको स्थानीय वताउछन् । त्यसको मारमा पालिका बारम्बार पर्दै आएको छ ।

संघीय सरकारले पठाएका प्रशासन तर्फका अधिकृत नबसेपछि दोरम्बा शैलुङ गाउँपालिकामा दोश्रो पटक स्वास्थ्य सेवा तर्फका नरेश महतोले हाकिम बन्ने मौका पाएका छन् । महतो बर्षौ देखि दोरम्बा शैलुङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्य गर्दै आएका स्वास्थ्य तर्फका कर्मचारी हुन् । उनले पालिकामा कोहि नबसेपछि आईपरेको भन्दै केहि महिना देखि प्रमुख प्रशासकिय अधिकृत चलाईरहेका छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा पनि संघीय निजामति कर्मचारी प्रमुख प्रशासकिय अधिकृतको रुपमा वस्न सक्दैनन् । केहि महिना अघी धनेन्द्र भुजेल सम्बन्धमा खटपटका कारण पालिकाबाट सरुवा भएर हिडेपछि पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सोहि गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामसिं डडाललाई प्रमुख प्रशासकिय अधिकृत बनाएर पत्र लगेको छ । डडाल केहि बर्ष देखि उक्त पालिकामा काम गर्दै आएका थिए ।

खाँडादेवि, सुनापति र गोकुलगंगा गाउँपालिकामा पनि प्रमुख प्रशासकिय अधिकृत धेरै वस्न मान्दैनन् । त्यसमध्ये पनि खाँडादेवि गाउँपालिका अक्सर धेरै प्रमुख प्रशासकिय अधिकृत फेरीनेमा पर्छ ।

तर जिल्लाका मन्थली र रामेछाप नगरपालिकामा भने संघीय सरकारले पठाएका कर्मचारी रहर पुगुन्जेल वस्ने गरेका छन् । रामेछाप नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृतको अभावमा स्थानीय सरकारका कर्मचारीलाई हाकिम बनाएको छैन् भने मन्थलीमा एक पटक स्थानीय सरकारको दरवन्दीमा समायोजन भएको कर्मचारीलाई छोटो अवधिका लागि हाकिम बनाएको तथ्याङक छ ।

संघीय सरकारले हाल सम्म स्थानीय तहमा रहने प्रमुख प्रशासकिय अधिकृतहरु संघीय निजामति कर्मचारी हुनु पर्ने नियमलाई परिवर्तन गरेको छैन् । प्रश्तावित संघीय निजामति विधेयक पारित भएमा प्रमुख प्रशासकिय अधिकृत प्रदेश सरकारले हेर्ने छ ।

यसअघी सरकारले पालिकाहरुमा शिक्षा, स्वास्थ्य, कृषि , प्रशासन र विविध सेवाका कर्मचारीहरुलाई फिर्ता वोलाएर संघीय निजामति कर्मचारी खटाउने अभियान चलाएको थियो । तर उक्त अभियान केहि दिनमानै तुहियो । फेरी निजामति सेवा बाहेकका कर्मचारीलाई धमाधम प्रमुख प्रशाकिय अधिकृत बनाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले