रामेछाप । रामेछापको मन्थली नगर स्तरका तीन शिक्षक संघ संगठनले तामाकोशी अंग्रेजी आवासिय विद्यालयका शिक्षक माथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषि लाई कारवाहिको माग गरेका छन् ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र ए.अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त माग गरेका हुन । शिक्षक संघ संगठनले उक्त घटना प्रति खेद प्रकट समेत गरेका छन् ।
गत मंगलबार उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र अनुराज घिसिङले कक्षा ८ मा अध्ययनरत छात्र अग्रीम मानन्धरलाई कुटपिट गरिरहेको बेला पुगेका सोहि विद्यालयका शिक्षक प्रेमवहादुर बसेलले छुट्याउन कोशिस गरेका थिए । तर घिसिङले शिक्षक बसेललाई समेत आक्रमण गरे । विद्यार्थीको आक्रमणबाट घाईते भएका शिक्षक बसेललाई स्थानीय अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ ।
